लोमन्थाङका वडाध्यक्ष विष्टको निधन

गाउँपालिकामा शोक बिदा

मुस्ताङ | बैशाख १६, २०८३

लोमन्थाङका वडाध्यक्ष विष्टको निधन

मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।

 

लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले जानकारी दिए ।

 

लोमन्थाङका समाजसेवी तथा सामाजिक क्षेत्रमा सक्रिय विष्ट २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

 

स्वर्गीय विष्टको आन्द्रामा समस्या देखिएपछि शल्यक्रिया गरिएको थियो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानका लागि गाउँ गएका विष्ट त्यसपछि अचानक बिरामी भई उपचारका लागि काठमाडौँ लगिएकाे थिए ।

 

वडाध्यक्ष विष्टको निधनप्रति गाउँपालिकाले बुधबार एक दिन शोक बिदा दिएको छ भने आधा झण्डा झुकाइएको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्